डोटी, ५ भदौ ।डोटीमा खोपको असरबाट चार बालबालिकाको मृत्यु भएको छ। नियमित खोप लगाउने क्रममा खोपको असरबाट डोटीको काडामाडौ गाविस-९ की नौ महिनाकी अन्जु विक, वडा-७ की गौरी चिराल र सुजाता नेपाली, त्यस्तै वडा-६ का मिलन दमाईको मृत्यु भएको जनाइएको छ ।खोपकै कारण दुई जना सिकिस्त अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र ध्वज अधिकारीले जानकारी दिनुभयो ।
खोप लगाएपछि झाडापखाला लागेर उनीहरुको मृत्यु भएको स्थानीयले वताएका छन्। अहिले सो क्षेत्रमा डाक्टर सन्दीप श्रेष्ठको नेतृत्वमा स्वास्थ्य टोली पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयले काडामाडौ गाविसको वडा नम्वर ६, ७ र ८ को धानुकाडामा आइतवार खोप लगाएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले के कारणले बालबालिकाको मृत्यु भएको भन्ने वारेमा टोली घटनास्थलबाट फर्केपछि थाहा हुने जानकारी दिनुभयो।
0 comments:
Post a Comment