नेप्लीज काउन्सिलको आयोजनामा भइरहेको दोस्रो लिटिल मिस वर्ल्ड नेपाल २०१२ का प्रतियोगीहरुमध्ये झापाकी सुनामी अधिकारी अब्बल छिन् ।
यही भदौ १६ गते हुने अन्तिम छनौटका लागि यतिबेला उनी प्रशिक्षणमा व्यस्त छिन् । सो प्रतियोगितामा भाग लिन काठमाडौं लगायत देशभरीका ६१ जना छनौट भइ अन्तिम प्रशिक्षण व्यस्त छन् । ९ देखि १३ वर्षका बालबालिका सहभागी सो प्रतियोगितामा छनौट हुनेले आउँदो सेप्टेम्बरमा टर्कीमा हुने १२औं संस्करणको लिटिल मिस वर्ल्डमा भाग लिन पाउने छन् ।
सहभागीहरु मध्ये काठमाडौंस्थित नोवेल एकाडेमीमा कक्षा ४ मा पढ्दै गरेकी झापा सुरुङ्गाकी सुनामी उत्कृष्ट र सुन्दर देखिन्छन् ।

0 comments:
Post a Comment