Breaking News
Loading...
Sunday, August 19, 2012

Info Post

रोशन सिल्पकार, भक्तपुर, भदौ ३- एमालेका वरिष्ठ नेता केपी ओलीले राष्ट्रपतिले एक चिठी थमाइदिए प्रधानमन्त्री बाबुराम भट्टराई घर फिर्ता हुने बताएका छन्। राष्ट्रपतिले चाहँदा घर फर्किने हैसियतमा रहेका प्रधानमन्त्रीले उनैसँग जुहारी खेल्नु झिँगाले पाखुरा सुर्केजस्तै भएको उनले बताए।

भक्तपुरस्थित ओली निवासमा भएको साक्षत्कार कार्यक्रममा नेता ओलीले प्रधामन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिसँग जुहरी खेलिरहेको टिप्पणी गरे। नेता ओलीले एकीकृत माओवादी पार्टीका अध्यक्ष र राज्य सञ्चालक मिलेर पार्टी र सरकारबाट सत्ता कब्जाको रणनीति अनुरुप देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाए। एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्यित गर्दै उनले २५ वर्ष शासन गर्छु भन्नु बासको टुप्पोमा बसेर बासलाई नुहाइदिन्छु भने झैँ हुने टिप्पणी गरे। ‘यो माओवादीको सत्ता कब्जाको अन्तिम प्रयास हो', ओलीले भने- ‘माओवादी सही बाटोमा नआए जनताले टिपेर फ्याँकिदिनेछन्।'

एकिकृत माओवादी र मधेशी पार्टीको सत्ता भ्रष्ट र अपराधिकहरुको गठबन्धन भन्दै उनले यसलाइ मौसमी च्याउको संज्ञा दिए। ‘यो च्याउ कुनै जंगलको हौइन डल्ले, पाते, होचेहरुको मौसमी च्याउ मात्र हो यसबाट कुनै डर मान्नु पर्दैन, यो राष्ट्रघाती ४ बुदें सहमतीको अर्को रुपमात्र हो।'

उनले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान सभा पुर्णस्थापना तथा फेरि चुनाव संवभव नभएको बताउँदै प्रतिनिधी सभाको चुनाव गर्नुपर्ने धारणा व्यक्त राखेका थिए।
-  नागरिक न्युजबाट

0 comments:

Post a Comment