प्रकाश सुन्दास, काभ्रे,भदौ १२ ।
अध्यापनको सिलसिलामा विद्यालय जाँदै गर्दा एक शिक्षिकामाथि जर्बजस्तीकरणी गर्न खोज्ने सिन्धुपाल्चोक जिल्लाको तालामाराङ गाविस वडा नम्बर–२ का सञ्चमान तामाङ पक्राउ परेका छन् । स्थानीय ठोस्नी खोलामा लुकी बसेका तामाङले थकनी गाविस वडा नम्बर–२ की शिक्षिकालाई अस्ति जबर्जस्तीकरणी गर्न खोजेको पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
तामाङ उपर कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्चार्ज लोकहरी खनालले जानकारी दिनुभयो । तामाङले यस अघि पनि त्यस क्षेत्रका महिलाहरुलाई विभिन्न तवरले दुःख दिंदै आएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
#सिन्धुलीदर्पण
0 comments:
Post a Comment