काठमाडौं, भाद्र ४
फिलिपिन्समा गत शनिवार भएको विमान दुर्घटनामा हराएका नेपाली पाईलट क्षितिज चन्दको अवस्था अझै थाहा हुन सकेको छैन । डबल इन्जिन भएको ६ सिट क्षमताको विमान शनिवार मासबाते प्रान्त नजिकै समुन्द्रमा दुर्घटना भएको थियो । विमानमा खरावी आएपछि त्यसलाई समुन्द्रमा अवतरण गराईएको हो ।
विमानमा रहेका फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडो, पाइलट तथा विमानका मालिक जेस्सुप बाहिन्टिङ पनि वेपत्ता छन् भने गृहमन्त्रीका सहयोगी पौडिएर बाँचेका छन् ।
दुर्घटनामा वेपत्ता भएका नेपाली नागरिक चन्द सेबुमा रहेको बाहिन्टिङ्गको एभिएटर एभिएसन स्कुलका विद्यार्थी र्भको खुल्न आएको छ ।
- टपनेपाल न्युज
फिलिपिन्सको विमान दुर्घटनामा नेपाली वेपत्ता, पाइलटको अवस्था अझै अज्ञात
Info Post

0 comments:
Post a Comment