विभिन्न कार्यालयका कुनाकाप्चा तथा बजार पसलका आसपास पान खाएर प्याच्च थुकिएको, देख्दै खैरो घिनलाग्दो दृश्य हाम्रो नेपालमा सामान्य जस्तै बनेको छ । पानका अम्मलीहरुले ठाउँ न कुठाउँ प्याच्चै थुकिहाल्छन् जसका कारण फोहोर तथा दुर्गन्ध फैलिन्छ । हुँदाहुँदा पान खानेहरुले अमेरिकाको न्युयोर्क सहर पनि दुर्गन्धित बनाउन थालेका छन् ।
समाचार अनुसार न्युयोर्कमा पान खानेहरुका संख्या बढिरहेको छ जसका कारण दुर्गन्ध तथा फोहोर पनि बढिरहेको छ । न्युयोर्कमा ठूलो संख्यामा दक्षिण एसियाली मूलका मान्छे बस्ने र उनीहरुमध्ये धेरैको पान खाने आदत रहेकाले सहर दुर्गन्धित बन्दै गएको बताइन्छ । खासगरी दक्षिण एसियालीहरुको बढी वस्ती रहेको ज्याक्सन हाइट इलाकामा पानका अम्मलीहरुको बिगबिगी नै छ । त्यहाँ दक्षिण एसियालीका खुद्रा बजारसागै प्रसस्तै पान पसल पनि छन् ।
हुनत न्युयोर्कमा सडकमा थुकेबापत २ सय डलर जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ तर पानका अम्मलीलाई प्याच्च थुक्न यो कानुनका कुराले के रोक्थ्यो र ? ज्याक्सन हाइटका च्याउ उमि्रएसरी पान पसलबाट पान किनेर चपाउनेहरुले सडक, फुटपाथ तथा पर्खालका चेँपमा प्याच्च थुक्न छाडेका छैनन् । आखिर दक्षिण एसियालीहरुको संस्कृति वा पहिचान नै हो नी फोहोर भनेको, कसरी छाड्ने आफ्नो पहिचानलाई, कि कसो ?
# अनलाइनखबरबाट
पान खाएर प्याछ थुक्नेले बिगारे अमेरिकालाई पनि
Info Post

0 comments:
Post a Comment