दमक ।
भुटानी शरणार्थीको तेश्रो मुलुक पुनर्वास प्रकृयासँगै बढेका सम्वन्धविच्छेदका घटना पछिल्ला समयमा झन् बढेको पाइएको छ ।
शुरूमा शिविरवाहिरका स्थानीयसँग विवाह गरेका महिला वा पुरूषहरूले पुनर्वासका लागि सम्वन्ध विच्छेद गर्ने गरेको पाइएकोमा अहिले घरेलु हिँसाका कारण समेत सम्वन्ध विच्छेदका घटना बढेको शिविरको लैंगिक शाखाका प्रमुख भानु कडरियाले बताए ।
उनले तेस्रो मुलुक पुनर्बास हुन थालेपछी शिविर बाहिर बिवाह गरेका शरणार्थीहरु सम्बन्ध बिच्छेद गराएर पुनर्बास प्रकृयमामा सहभागी हुन थालेकामा पछिल्लो समयमा यौन हिँसा वा घरेलु हिँसाका कारण देखाएर सम्बन्ध बिच्छेद गर्नेहरु बढेको बताए ।
अर्कोतर्फ कागजी रूपमा सम्वन्ध विच्छेद गरेर तेश्रो मुलुक पुनर्वासमा जाने महिला वा पुरूषहरूसमेत प्रसस्तै रहेका छन् । शनिश्चरे शिविरकी युवती विवाह गरेका दमक कृष्णले भने, ‘सम्वन्ध विच्छेद नगरी उनी जान नपाउने भएपछि हामीले कागजीरूपमा सम्वन्ध विच्छेद गरेका छौं ।’ २ जना सन्तानका बाबुआमा भइसकेका उनीहरूबीच श्रीमती मात्र पुनर्वासका लागि अमेरिका जाने र २-३ बर्षमा एक पटक नेपाल आउने सहमति भएको कृष्णले बताए ।
कतिपय शरणार्थी युवायुवतीहरू विवाह गरेर पनि अविवाहित भनेर तेश्रो मुलुक जाने र आवश्यक कागजात मिलाइ २-३ बर्षपछि फर्केर आफ्नो श्रीमान् या श्रीमतीलाई लिएर उतै जाने गरेकोसमेत पाइएको छ । जोखिम मोलेर गरिने यस्तो काममा कतिपयले छिट्टै सफलता पाएका छन् भने कतिको प्रकृया लामो भएको समेत पाइएको छ ।
#पुर्बेलिटाईम्स

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
0 comments:
Post a Comment