काठमाडौं, १४ भदौ । अमेरीका र युएईका दुई कम्पनीले नेपालमा पेट्रोलियम पदार्थको उत्खनन सुरु गर्ने भएका छन् ।
अमेरिकाको बीबीबी च्याम्पीयन ओयल तथा युएईको इएबीजी अवुधावी नामक बहुराष्ट्रिय कम्पनीले नेपालमा पेट्रोलियम पदार्थको उत्खनन् शुरू गर्ने भएका हुन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीका प्रतिनिधिले एक महिनाभित्र अनुसन्धान सुरु गर्ने जानकारी दिए । नेपाल सरकारबाट स्वीकृति पाएका यी दुई बहुराष्ट्रिय कम्पनीले अध्ययनपछि आगामी डिसेम्बरदेखि पेट्रोलियम पदार्थको कच्चा पदार्थ उत्खनन कार्य सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पेट्रोलियम पदार्थ भएका सम्भावित दश क्षेत्रमध्ये विराटनगर, राजविराज र जनकपुरमा उत्खननका लागि यी कम्पनीले अनुमति पाएका थिए । कम्पनिका प्रतिनिधिहरुले उत्खननका लागि तीन करोड अमेरिकी डलर लाग्ने कम्पनीको अनुमान रहेको जानकारी दिए । सम्भावित क्षेत्रको अध्ययन, अनुसन्धान र उत्खनको लागि लाग्ने जनशक्तिमा प्राविधिक क्षेत्र बाहेकको सबै जनशक्ति नेपाली हुने बताइएको छ ।
0 comments:
Post a Comment