Breaking News
Loading...
Monday, August 27, 2012

Info Post

भदौ १० (रासस) – आफूले जन्म दिएको बच्चालाई आमाले नै मारिन् भनेको सुन्दा जो कसैलाई पनि आश्चार्य लाग्न सक्छ तर तनहुँमा एक महिलाले बच्चालाई जन्म दिएपछि हत्या गरेकी छिन् ।

तनहुँको कोटदरवार गाविस–८ ढुङ्गागाडेकी २८ वर्षीया बालकुमारी नेपालीले अवैध गर्भधारण गरेर जन्माएकी शिशुको भदौ ५ गते हत्या गरेको प्रहरीसँगको बयानमा बताएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही वडामा पर्ने घर नजिकैको जङ्गलमा खाडल पुरिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोही वडा बस्ने कमला बिकले भदौ ८ गते लिखित किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । अभियुक्त नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

0 comments:

Post a Comment