दाङ, ४ भदौ । दाङ र सल्यानको सीमा क्षेत्रमा बसोबास गर्दै आएका राउटेहरुले राज्यबाट सुरक्षा नपाएको भन्दै सुरक्षा माग गर्न राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जाने बताएका छन् । जंगलमा असुरक्षा बढ्दै गएको भन्दै राउटे हरू जंगली जीवनबाट निराश भइरहेका छन् । जंगलमा बाँदर नपाइने, मानिसले अनेक बहानामा कुटपिट गर्ने, बस्ती उठाइदिने र राज्यले सुरक्षा नदिने समस्याले उनीहरू दिनदिनै जीवनदेखि निराश हुँदै गएको मुखिया दिलबहादुर शाहीले बताए । दाङ र सल्यानको सीमा क्षेत्रमा बसोबास गर्दै आएका राउटेहरुले राज्यबाट सुरक्षा नपाएको भन्दै सुरक्षा माग गर्न राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जाने बताएका छन् ।
रिपोर्टस् क्लव दाङले आइतवार तुलसीपुरमा गरेको साक्षात्कारमा राउटे अगुवाहरुले आफूहरुले राज्यबाट आवश्यक सुरक्षा पाउन नसकेको गुनासो गर्दै राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जा“दा पनि सुरक्षा पाउन नसके आत्महत्या गर्नेसम्मको चेतावनी दिएका छन् ।
राउटेका मुखिया डिलबहादुर शाहीले स्थानीय प्रशासनले आफूहरुलाई सुरक्षा दिन नसकेको बताउनुभयो । शाहीले भन्नुभयो– ‘हामीमाथि स्थानीय जनताले विभिन्न बहानामा दुःख दिइरहेका छन् तर प्रशासनले सुरक्षा दिन सकेन ।’
आफूहरुलाई कि न्याय दिन कि काल दिन चेतावनी दिंदै उहा“ले असुरक्षा भएकाले सुरक्षा माग गर्न राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जान थालेको बताउनुभयो । त्यहा“ पनि न्याय नपाए उनीहरुकै अगाडि आत्महत्या गर्ने चेतावनी राउटे मुखिया शाहीले दिनुभयो । अर्का मुखिया सूर्यनारायण शाहीले आफूहरु सुरक्षा माग गर्दै प्रशासन र प्रहरी कार्यालयमा गए पनि आफनो मागको सुनुवाइ नभएपछि अन्तिमपटक न्यायका लागि काठमाडौं जान लागेको बताउनुभयो ।
रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष यज्ञबहादुर बुढा, राउटे उत्थान प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेमबहादुर राम्जालगायतले राउटेको सुरक्षाका लागि गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष बालाराम खड्काले गर्नुभएको थियो ।
मुखिया दिलबहादुर शाहीले भने ‘मेरो भाइ कृष्णबहादुर कुटिएको ६ महिना भयो, अहिले ऊ थला परेको छ, बर्बराइरहेको छ । कुटपिट गर्नेमाथि कारबाही र उपचार माग गर्यौं तर सुनुवाइ भएन,’ मुखिया शाहीले भने, ‘हामीले जंगलमा पनि राम्रोसँग बस्न नपाएपछि अब के गर्ने ? सबै जनता निराश छन् । मलाई कि हाम्रो जीवन बँचा कि हामीलाई मर्न दे भनिरहेका छन् । मैले पनि केही गर्न सकेन । म पनि सरकारसँग यही माग्छु, कि त हामीलाई सुरक्षा देऊ, कि काल देऊ ।’
जंगलमा कुटाइ खाएर मर्न नचाहेको उनले बताए । ‘बरु हामी प्रशासन या प्रधानमन्त्रीका अगाडि मर्छौं तर जंगलमा मर्न चाहँदैनौं । हामीले जंगलमा पनि बस्न
नपाउने ?,’ उनले भने, ‘हामी नागरिक हौं भने सरकारले हाम्रो सुरक्षा गर्नुपर्छ । हामीलाई कुटपिट गर्नेलाई कारबाही हुनै पर्छ । यो अवस्थामा हामी बाँच्न सक्दैनौं । अब हाम्रो जाति मासिन्छ ।’

0 comments:
Post a Comment