बलिउडकी बेबो नायिका करिना कपुर र नायक सैफअली खानको विवाहको विषयले अहिले बलिउड तरंगित भएको छ । यो खबर केही महिना अघिदेखि बलिउडमा दिनदिनै हट बन्दै गईरहेको छ । समाचारका अनुसार विवाहका लागि करिना र सैफ दुबै तयार भईसकेका छन् भने सैफको आमा शर्मिला टैगोरले विवाहको स्थान समेत पक्का गरिसकेकी छिन् ।
तथापी विवाहको मिति भने अहिलेसम्म बाहिर आएको छैन । करिना आफ्नो विवाहलाई लिएर निकै खुशि भईरहेकी छिन् । उनले आफ्नो विवाह पूरै देशको लागि ऐतिहासिक दिनजस्तै जस्तै महत्वपूर्ण होस् भन्ने इच्छा जाहेर गरिरहेकी जनाइएको छ ।
त्यस्तै करिनाले हालै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत आफ्नो विवाहको चिन्ता भईरहेको बताएकी छिन् । ओबामाले अहिलेका यी दिनहरुमा करिना र सैफको विवाहकै कुरा गर्ने तर्क उनले गरेकी छिन् । यसअघि करिनाले उनको विवाहको चर्चा भारतको राज्यसभामा समेत हुने अड्कल गरेकी थिइन् । अब भने उनी सिधै आफ्नो विवाहको चर्चा ह्वाईट हाउससम्म हुने अड्कल गरिरहेकी जनाइएको छ ।
करिना र सैफको विवाह त्यति महत्वपूर्ण कुरा हैन कि जसलाई भारतको राज्यसभामा चर्चा गर्नु परोस्, ह्वाईट हाउस त धेरै टाढाको विषय हो । जेहोस् यिनीहरु छिट्टै विवाह बन्धनमा बाँधिन लागेको कुरा भने सत्य भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Click Here For A Video Report

0 comments:
Post a Comment