Breaking News
Loading...
Tuesday, August 28, 2012

Info Post
दमक ।
घरको अवस्था देखेर बिरक्त बनेकी झापा गौरादह ४ की माया दर्नाल मिठो खाने र राम्रो लगाउने भनेर ज्वाइँको साथ लागेर बिदेश गइन् । तर उनी उडेको ३ दिनमै उनको शव नेपाल आउँदा परिवार बिक्षिप्त बन्न पुगे ।
दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउँदै आएकी माया विदेश गएर धन कमाएर ल्याइ सुखका साथ बस्ने सपना लिएर बिदेश गएकी थिइन् । उनकी साथी निता राईले भनिन्, ‘राम्रो भएछ भने मलाई पनि बोलाउने भन्दै थिई ।’ हत्या हुनु एक दिनअघि मायाले उनलाई फोन गरेर छोराहरुको ख्याल गर्दिनु भनेको सम्झँदै भनिन्, ‘आफ्नै ज्वाइँले धोका दिए, उसँग नआउनु है ।’ निता पनि मायाको हत्या भएको दिनदेखि मज्जाले कामसमेत गर्न पाएकी छैनन् । उनले भनिन, ‘आफ्नै मान्छेले धोका देलान् भनेर उसले सोचेकी पनि थिइन ।’
झापा सतासीधामका गोपाल सोह्रकोटेको साथमा माया, सपना श्रेष्ठ र पबित्रा बुढाथोकी गरी ३ जना साउदी अरब जान हिँडेका थिए । मायाकी सासु देवीले भनिन्, ‘सबै खर्च बेहोर्ने भनेपछि सबै गाउँका जान हौसिएका थिए ।’
मायाको भारतको मुम्वईमा हत्या भएपछि उनका २ छोराको बिचल्ली भएको छ । ‘सानैदेखि उसलाई मैले पालेकी थिएँ’, देवीले भनिन्, ‘अब उसको मृत्यु भएपछि छोरा पनि मैले नै पाले ।

उनले मायालाई झाडापखालाले अत्याधिक रुपमा च्यापेर मुखबाट औषधी खुवाउन नभएपछि घाँटीबाट औषधी खुवाएको ज्वाइँ गोपालले जानकारी दिएको बताइन् । ‘तर घाँटी काटेर पनि कहीँ औषधी खुवाइन्छ र ?’ भनेर सोद्धा ज्वाइँ गोपालले त्यसै भनेर जितेको देवीले बताइन् ।
मायाको हत्यापछि उनका ११ बर्षिय छोरा आशिष र ७ बर्षिय अनुजको बिचल्ली भएको छ । उनीहरू हजुरआमाको साथमा बस्दैआएका छन् ।

बैदेशिक रोजगारीका लागि साउदी जान भनेर मायासँगै अन्य २ जना समेत गएका थिए । गाउँले ज्वाइँ भएका भरमा केही रकम नचाहिने भएपछि सपना श्रेष्ठ र पबित्रा बुढाथोकी पनि साथै गए ।
सपनाकी सासु भिमकुमारी श्रेष्ठले गाउँले ज्वाइँको साथ लागेर बिना पैसा भारतबाट बिदेश पठाइएको बताइन् । ‘मायाको हत्यापछि सपना पनि बिक्षिप्त छन्’, उनले भनिन्, ‘तर उनी साउदी पुगिसकेको भनेर फोन गरेकी थिइन् ।’
मायाको मृत्युलाई स्थानीयले शंकास्पद रुपमा हेरेका छन् । नातिने ज्वाइँले सबैलाई पठाएकोमा मायाको मृत्यु स्वभाभिक पनि मान्न सक्दैनन् दर्नाल परिवार । मायाकी सासु देवीले मृत्यु भएको भन्ने सुचना आएपनि बिश्वस्त भने हुन नसकेको बताइन् । मायाको घरबाट हिँडेको ४ दिन र नेपालबाट हिँडेको ३ दिनपछि भारतमा हत्या भएको छ ।
आफ्नै ज्वाइँमार्फत साउन ८ गते भारत हिँडेकी उनको ११ गते हत्या भएको हो । तर ज्वाइँ गोपाल सोह्रकोटेले परिवारलाई उपचारका क्रममा निधन भएको बताएका छन् ।

 सँगै हिँडेकी पबित्रा बुढाथोकीको पनि खबर नआएको एक महिना भयो । परिवारका सदस्यले झापा सतासीधामका गाउँले ज्वाइँ भनिएका गोपाललाई सम्पर्क गर्दा बुहारीसँग सम्पर्क गराइदिने बताएको पबित्राकी सासु तिला बुढाथोकीले बताइन् । ‘हिजो मात्र फोन गरेर गोपालले सम्पर्क गराइदिने बताएका थिए’, उनले भनिन्, ‘अझ खोज खबर भएन भनेर उजुरी गर्ने बिचारमा छौँ ।’
बैदेशिक रोजगारीमा गएका महिलाहरुको अधिकारका लागि काम गर्दै आएको संस्था पौरखी नेपालकी जिल्ला अध्यक्ष तुला लावतीले श्रम स्वीकृती र अवैध बाटो हुँदै बिदेश गएका महिलाहरु हत्यासम्मको शिकार हुने गरेको बताइन् । दलालले पासपोर्ट बनाउनेदेखि सबै खर्च बेहोरिदिएका कारण घटना शंकास्पद देखिएको छ, उनले भनिन् ।
मायाको हत्यापछि उनका श्रीमान सहितका परिवार काठमाण्डौँमा बस्दै आएका छन् । मायाकी सासुले छोराहरुसँग सम्पर्क गरी कानुनी लडाईं लड्ने बताइन् । यता दलाल ज्वाइँ गोपाल भने फरार रहेका छन् ।
पुर्बेलि टाईम्स

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment