भारतीय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम कमेडी सर्कसमार्फत बेला बेला नेपाल र नेपालीमाथि ब्यङग्य कस्ने भारतीले आफु नेपाली बाबुको छोरी भएको खुलाएकी छिन् ।
मारवाडी युवाको निम्तोमा हँसाउन काठमाण्डौं आइपुगेकी उनले आफ्ना बाबु काठमाण्डौंकै भएको बताइन् ।
बाबु नेपाली भएपनि आमा पंजावी भएका कारण उनी पंजावमै हुर्किन र भारतीय हास्य कलाकारका रुपमा स्थापित पनि भइन् । सानै बाबु गुमाउन परेका कारण नेपाल आउन नपाएको भारतीले बताइन् । पहिलोपटक नेपालको स्टेजमा देखिएकी भारतीले नेपालीमा सम्बोधन गर्दै भनिन- तपाईलाई मेरो ढोग छ ।’
अस्वभाविकरुपमा मोटी भारतीले पुरानै शैलीमा आफ्ना हास्य प्रस्तुती दिइन र मोटोपन भएका मान्छेले पनि केही गर्न सक्छन भनिन् । छोरीले कमेडी गर्न हुन्न भन्ने मान्यताका कारण आफुले पनि समस्या भोगेको बताइन् ।
पशुपतिनाथको देशमा आउन पाएको खुसी लागेको बताएकी भारतीले आमालाई नेपाली पोते लगिदिने बताइन् । नेपाल फेरि फेरि आउने वाचा गर्दै उनी नेपालबाट बिदा भइन् ।
- अनलाइनखबरबाट

0 comments:
Post a Comment