काठमाडौं, ७ भदौ । मुलुक राजनीतिक एवं संवैधानिक संकटबाट गुज्रिरहेको अवस्थामा दलका नेताहरू भने धमाधम भारत जान थालेका छन् । मुलुकलाई निकास दिने समयमा विभिन्न बाहाना बनाएर भारत जाने नेताहरूको संख्या बढेको हो । यसै क्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली आज भारत जाँदै हुनुहुन्छ । उहाँ स्वास्थ्योपचारका लागि भन्दै आज साँझ भारत जान लाग्नुभएको हो । यसअघि गत आइतबार नेकपा एमालेका नेता केपी शर्मा ओली विभिन्न नेताहरूसँग भेटघाटका लागि भन्दै भारत प्रस्थान गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप गिरी, रामशरण महत, विमलेन्द्र निधि तथा नेतृ सुजाता कोइराला र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि यतिखेर भारतमै हुनुहुन्छ ।
अनेक बाहाना बनाएर भारत हानिने नेपाली नेताको सङ्ख्या दर्जन भन्दा बढी
Info Post
0 comments:
Post a Comment