Breaking News
Loading...
Friday, August 24, 2012

Info Post
तितेजिरे गाइजात्रे महोत्सवका कलाकार र सहयोगीहरुका लागि बुधबार राखिएको रात्री भोजमा हास्य अभिनेता दीपकराज गिरीले 'तितोसत्य' स्थगित हुन सक्ने बताएका छन् ।

दीपकराजले भने, "पाँच सय भाग पुगेपछि तितोसत्य स्थगित गर्ने कि भन्ने छलफल भइरहेको छ ।" प्रसारणको जिम्मा लिएको मिडिया हवले समयमा पैसा नदिएपछि ‘तितोसत्य’ टीम यस्तो निर्णयमा पुगेका हो । दीपकराजले भने, "अहिले छलफल भइरहेको छ, त्यसैले यसै भन्न त मिल्दैन ।"’

मिडिया हवले नेपाल टेलिभिजनसँग समय किनेर ‘तितोसत्य’लगायत केही टेलिचलचित्र प्रसारण गर्दै आएको छ । तर, ति टेलिचलचित्रका कलाकार र प्राविधिकले केही समय यता मिडिया हवबाट परिश्रमिक नपाएको गुनासो आइरहेको छ । यसैबेला ‘तितोसत्य’ का निर्देशक समेत रहेका दीपकराजले मिडिया हवले पैसा नदिएको भन्ने कुरालाई स्वीकारेका छन् । उनले भने, "मिडिया हवले पैसा दिन ढिलो गरेको भन्ने कुरा सत्य हो ।" उनले लोडशेडिङका कारणले मिडया हवले समयमा पैसा दिन नसकेको बताए ।

अहिलेकै अवस्था अझै केही समय रह्यो भने दर्शकको लोकप्रिय हास्य टेलिचलचित्र ‘तितोसत्य’ स्थगित हुने सम्भावना प्रबल रहेको छ । मिडिया हवले समयमा ‘तितोसत्य’ लाई पैसा नदिएका कारण प्राविधिकहरु समेत समस्यामा परेको समाचार स्रोतको भनाइ छ । स्रोतका अनुसार एक महिनाभित्र बाँकी रहेको रकम चुक्ता नगरे ‘तितोसत्य’ स्थगित हुनेछ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment