नायक आर्यन सिग्देलका नेपालमा लाखौ फ्यान छन् । तर, उनी वलिउडका चर्चित नायक सलमान खानका फ्यान हुन् । सानैबाट सलमानको अभिनय र जिउडालले आकषिर्त भएका सिग्देल अहिले त उनको ‘ग्रेट फ्यान’ नै भएका छन् ।
उनलाई सिनेमा क्षेत्रमा आउनका लागि प्ररेणा त आफैबाट आयो । तर, सलमानको स्टार क्रेजले उनको मष्तिकमा डेरा जमाएको थियो । उनलाई सलमान वास्तविक स्टार जस्तो लाग्छ । ‘उनको स्टार भ्यालु र अभिनयले मलाई निक्कै प्रभावित गर्छ’- आर्यन भन्छन् । सलमान खान नभएको भए म सिनेमा क्षेत्रमा आउँदैनथें उनको प्रेरणाले मेरो रुची वढेको हो ।’ आर्यन भन्छन् ।
सलमानले अभिनय गरेको चलचित्र एक था टाईगर आर्यनले ३ पटकसम्म हेरिसकेका छन् । ३ पटक हेर्दा पनि उनलाई अझै धित मरेको छैन् । ‘फेरी पनि समय पाएँ भने हेर्छु’ आर्यनले सुनाए । एक था टाइगरको सफ्ट लभस्टोरीले आर्यनको मन छोएको रहेछ । ‘सधै एक्सन सिनेमा हेरिरहेका थियौँ, यो सफ्ट लभस्टोरी राम्रो लाग्यो ।’ आर्यनले भने ।

0 comments:
Post a Comment