सेलिब्रेटी र फ्यान एक अर्काका पूरक हुन्। फ्यान नहुने हो भने जतिसुकै क्षमता भएका कलाकार पनि सेलिब्रेटी हुन सक्दैनन्। विदेशमा कसका कति फ्यान छन् भन्ने कुरा एक सातामा उसको एल्बम कति बिक्री भए भन्ने कुराले मापन गर्छ। इन्टरनेटको प्रयोग हुन थालेपछि एक सातामा कति सिर्जना डाउनलोड भए भन्ने कुराले पनि फ्यानको निर्धारण हुन थालेको छ। नेपालमा भने एकै सातामा रेस्पोन्स जनाउने डाइहार्ट फ्यान निकै थोरै छन्। को कति लोकप्रिय छ भन्ने कुरा थाहा पाउन नेपालमा सिआरबिटी र विदेशमा हुने कन्सर्टलाई आधार बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
आजभन्दा १० वर्षअघि मेरा पनि फ्यान हुनसक्छन्, मेरा गीत, तस्बिर एवं समाचारहरू संगालेर राख्छन् भन्ने कल्पना पनि थिएन। नपत्याउँदा-नपत्याउँदै पनि मैले त्यस्ता सयौं प्रशंसक भेटे, जसलाई मेरा सबै कुरा थाहा छ। कतिपय प्रशंसक यस्ता पनि भेटिए, जसलाई मैले थाहा नपाएका कुराहरू पनि थाहा छ। उदाहरणका लागि म कुन बेला कस्तो पहिरन लगाउँछु, खानामा मलाई कस्ता परिकार मनपर्छन्, कुन कुराले म रिसाउँछु भन्ने कुरासमेत उहाँहरूले याद गर्नुभएको हुँदोरहेछ। यस्तै प्रशंसकहरूका कारण म आज प्रमोद खरेल भएको छु, त्यसैले म उहाँहरूलाई म भगवान मान्छु।
केही समयअघि प्रज्ञा प्रतिष्ठानमा एउटा कन्सर्ट भएको थियो। उक्त कन्सर्ट प्रारम्भ हुनुभन्दा केही समयअघि साथीहरूले एकजना लजालु युवतीलाई लिएर आए। उहाँ अप्ठारो मानी-मानी मसँग कुरा गरिरहनु भएको थियो। उहाँले क्यामेरा बोक्नु भएको थियो। पछि थाहा भयो, उक्त क्यामेरामा उहाँले मेरो मात्र फोटो राख्नु भएको रहेछ। मलाई देखाउन ल्याइएको उक्त क्यामेरामा उहाँको बेडरुम, बैठक, बरन्डा यहाँसम्मकी छतका तस्बिर थिए। ती सबै स्थानमा म मात्रै थिएँ। उहाँको एल्बममा मेरा समाचारका कटिङहरू राखिएका थिए। ती सबै देख्दा म भावुक भएँ।
यद्यपि सबै फ्यान यस्तै साइलेन्स हुन्छन् भन्ने छैन। कुनै बेला सामान्य परिचय भएकी एउटी फ्यानले मेरा लागि अमेरिकाको टिकट क्यान्सिल गरिन्। लाख सम्झाएपछि बल्ल-बल्ल उनलाई अमेरिका पठाउन सफल भइयो। एउटी फ्यानचाहिँ साथीभाइ बटुलेर मलाई फोन गर्थिन् अनि उनका साथीभाइमार्फत मेरो र ती फ्यानबीच सम्बन्ध भएको हल्ला चलाइँदो रहेछ। यसरी मैले फरक-फरक उद्देश्य र विचार भएका फ्यानसँग अनौठो अनुभव गर्न पाएको छु।
सेलिब्रेटीलाई भेट्ने सबैभन्दा सजिलो माध्यम भनेको फोन नै हो। जति फ्यान बढ्दै जान्छ, फोन पनि त्यति नै बढी बज्दै जान्छ। सेलिब्रेटीहरूले एउटा समय आएपछि फ्यानको बेग थाम्नै सक्दैनन्। फलस्वरूप फोन नम्बर परिवर्तन गर्न बाध्य हुन्छन्। पहिले-पहिले म सधैं फ्यानसँग सम्पर्कमा रहन्छु भनेर सोच्थें। लामो समयसम्म जस्तो सुकै अवस्थामा पनि मैले फ्यानको फोन रिसिभ गरें। यद्यपि जीवन आदर्शले मात्र चल्दो रहेनछ। जव काम नै गर्न नसक्ने गरी फोनको घन्टी बज्न थाले, म पनि फोन नम्बर परिवर्तर्न गर्न बाध्य भएँ।

0 comments:
Post a Comment