Breaking News
Loading...
Friday, August 17, 2012

Info Post
नासाले केही समय पहिले मंगल ग्रहमा पठाएको रोबर्ट "क्युरोसिटी मार्स रोभर" ह्याकर्सको निशानामा रहेको खुलेको छ ।
जानकारी अनुसार ह्याकिङको लागि विश्वभर नाम कमाएको "एनोनीमस ग्रुप अफ ह्याकर्स" ले अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलाग्रहमा पठाएको क्युरोसिटी मार्स रोभर ह्याक गर्ने चेतावनी दिएको हो ।
 केही समय अघि विकिलिक्सका संस्थापक जुलियन असान्जको पक्राउको विरोधमा थुप्रै अमेरकी सरकारका वेवसाइटहरु ह्याक गरेर आफ्नो सामर्थ्यको परिचय दिइसकेको "एनोनीमस ग्रुप अफ ह्याकर" को चेतावनीलाई कमजोर रुपमा लिएको  अवस्था नरहेको जानकारहरु बताउँछन ।
 
न्यूयोर्कको सेक्युरिटी फर्मले इन्टरनेट रिले च्याट (आईआरसि) मा नासाले क्युरोसिटी रोभरसंग सञ्चार गर्ने प्रयोग गरेको सिग्नलको बारेमा कुराकानी भएको देखेको दावी गरेको छ । म्याड्रिड र क्यानवेरा जहाँबाट नासाले क्युरोसिटी रोभरसंग सञ्चार गर्दछ त्यही ह्याकर समुहले पनि  अध्ययन शुरु गरिसकेको बताइएको छ ।
Ref: IT NEWS

0 comments:

Post a Comment