Breaking News
Loading...
Friday, August 31, 2012

Info Post

झापाको दमकस्थित सिद्धार्थ उच्च माविमा पढ्ने एक छात्रालाई अपहरण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विहीबार विहान करिव साढे १० बजे पढाइ सकेर घर जाने क्रममा विद्यालयको गेटबाहिर निस्कनेसाथ झापाको सतासीधाम, दुधे घर भएकी ती छात्रालाई मोरङ, पथरीका सन्दीप राईले जवरजस्ती नियन्त्रणमा लिएका थिए ।
निज राईले आफूले मन पराएकी ती छात्राले वेवास्ता गरी टाढिएको भन्दै जवरजस्ती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, दमकका प्रमुख, प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार एकाएक छात्रा अपहरणमा परेको भन्ने खवर आएपछि तत्काल खोजी गर्दा उनलाई दमक नगरपालिका कार्यालय नजीकैको घरबाट उद्दार गरिएको थियो । उद्दारपछि ती छात्रालाई अभिभावकको जिम्मा लगाइएको उनले बताए ।
राईमाथि आवश्यक कानुनी कार्वाही अगाडी बढाइने खतिवडाले जानकारी दिए । ती छात्रा कक्षा ११ मा पढ्दै गरेकी र उनीहरूबीच केही समयअघिसम्म प्रेमसम्वन्ध भएपनि ती छात्राले सन्दीपसँगको प्रेम सम्वन्ध तोडेकी प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment