Breaking News
Loading...
Thursday, August 16, 2012

Info Post
१६ अगष्ट, दोहा । पर्साका राघव अन्सारी रोजा फुक्ने समयअघि नै मजिस्द पुगिसकेका हुन्छन् ।मुस्लिम समुदायको पवित्र महिना चलिरहेकाले त्यहाँ हरेक दिन ६ बजेतिर रोजा फुक्छ । रोजा फुक्नासाथ मजिस्दमा धनी व्यक्तिहरूले खाना खुवाउने गर्छन् ।त्यही खाना खान अन्सारी साथीभाई लिएर मजिस्द पुग्छन् ।त्यहाँ भोक मेट्न पाएपछि भोलिको चिन्ता गर्दै क्याम्पमा र्फकन्छन् ।आफू बेखर्ची भएपछि भोक मेट्न मस्जिद जान थालेको उनले बताए । ‘यस्तो नियति भोग्नुपरेको एक महिना भयो,’ अन्सारी भन्छन्, ‘सकेजति यहाँ खान्छु । नसकेको पोको बनाएर क्याम्पमा लिएर जान्छु ।’ उनीसहित ६७ नेपाली कामदार पैसा नभएपछि मस्जिदको खानाका भरमा बाँचिरहेका छन् ।
‘तलब नपाएको चार महिना भयो । हिसाबकिताब गर्दा त चार हजार रियाल पाउनुपर्ने देखिन्छ,’ अन्सारीले भने ।अलपत्र अवस्थामा रहेका ६७ नेपाली कामदार दोहाबाट झन्डै ३५ किलोमिटर टाढा होमसलाल अली उसेल मार्केट नजिक छन् । ‘क्याम्पमा पकाएर खान सकिएको छैन । नजिकैको पसलबाट उधारोमा सामान ल्याउने गरेका थियौं । पैसा तिर्न बाँकी रहेकाले त्यो पनि बन्द भयो,’ अर्घाखाँचीका दीपककुमार बीसीले भने, ‘बेलुका मस्जिदमा खान्छौं । बिहान भोकै बस्छौं ।’उनीहरू ‘बज्र कतार’ कम्पनीबाट सप्लाईमा काम गर्थे । भवन निर्माणमा काम गर्ने ती कामदारले तलब र खाना, पैसा पनि नदिएपछि अगस्ट ३ बाट काम छाडेका छन् । उनीहरू अधिकांश दलालमार्फत व्यक्तिगत श्रमस्वीकृतिमा कतार आइपुगेका हुन् । पीडितहरूले ६ सयदेखि ९ सय रियालसम्म तलब पाउने गर्थे ।
मुदिरले काम गर्न दुई बस केटाहरू लिएर धम्की दिए पनि नेपालीहरू अब काम नगरी स्वदेश फिर्ता हुने अडानमा छन् । पीडितहरूले आबुहमरस्थित नेपाली दूतावासमा गएर तलब दिलाएर स्वदेश पठाइदिन अनुरोध गरेका छन् । दूतावासका उपनियोग प्रमुख ऋषिराम घिमिरेसमक्ष कम्पनीका मुदिरले डेढ महिनाभित्र सबैलाई स्वदेश पठाइसक्ने प्रतिबद्धता जनाएका छन् ।

0 comments:

Post a Comment