Breaking News
Loading...
Tuesday, August 28, 2012

Info Post
 हालै नांगो फोटो सार्वजनिक भएपछि विवादमा मुछिएका तथा चर्को आलोचना बेहोररिरहेका बेलायती राजकुमार ह्यारीको समर्थनमा सर्वसाधारण तथा बेलायती सेनाले नांगो परेड देखाएको छ ।
सपोर्ट पि्रन्स ह्यारी विथ न्याक्ड स्यालुट नामको फेसबुक ग्रुप नै खोलेर राजकुमार ह्यारीको समर्थनमा आवाज उठाइएको हो । उक्त पेजमा राजकुमारको समर्थनमा देखाइएको नांगो परेडका फोटा अपलोड गरिएको छ । उक्त फेसबुक ग्रुपमा १२ हजार मानिस थपिइसकेका छन् ।
आलोचना खेपिरहेका राजकुमारलाई सहानुभुति दिन तथा उनिप्रति सम्मान प्रकट गर्न सैनिकको एउटा समूहले बख्तरबन्द गाडीको अगाडि नांगै सलाम ठोकेर फोटो खिचाएको छ । राजकुमारको समर्थनमा के तन्नेरी के तरुनी सबै नांगिएर सलमान ठोकिरहेका तस्वीर फेसबुकमा अपलोड भैरहेका छन् ।
नांगो फोटो काण्डका बारे राजकुमारले माफी माग्ने तयारी गरिरहेको बेला उनको समर्थनमा सैनिक र सर्वसाधारण नांगिनुलाई अचम्म मानिएको छ ।
-अनलाइनखबर






भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment