Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post

इन्टरनेटको विकाससँगै अनलाइनमा हुने प्रेमको अर्थ पनि पानीको फोकाजस्तै भएको छ। हावाको झोकाजस्तै हो अनलाइन सम्बन्ध। यसको भर हुँदैन। फेसबुकमा जमेको जोडी सदैव सँगै हुन्छन् भन्न सकिँदैन। कुनै पनि जोडीको रोमान्टिक सम्बन्ध टुंगिएसँगै फेसबुकको फ्रेन्डसिपचाहिँ के होला ? यो विषयमा सबैको आ-आफ्नै जवाफ हुन सक्छ। त्यसको कुनै खास अर्थ वा नियम पनि छैन। यदि सम्बन्ध टुटेपछि यस विषयमा के गर्ने भन्ने नियम बनेको छैन र सम्बन्ध टुट्यो भन्दैमा फेसबुकको फ्रेन्ड लिस्टबाट कसैलाई हटाउनैपर्छ भन्ने पनि छैन।

यहीँ कुरालाई मध्यनजर गर्दै हालै अमेरिकामा एउटा अध्ययन गरिएको थियो। अमेरिकाको वेस्टर्न विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनअनुसार युवायुवतीहरू आफूहरूबीचको प्रेमसम्बन्ध अन्त्य भए पनि फेसबुक सम्बन्धलाई टुंग्याइहाल्न चाहँदैनन्। बरु फेसबुकबाटै उनीहरूले एक-अर्काको चियो-चर्चो गर्ने गरेका छन्- आफ्नो शोधपत्रको विषय 'इट्स कम्प्लिकेटेडः रोमान्टिक ब्रेकअप्स एन्ड दियर अफ्टरमथ अन फेसबुक' मा शोधकर्ता वेरोनिका लुकासले लेखेकी छिन्। उनको अध्ययनमा ८८ प्रतिशत मानिसले प्रेमसम्बन्ध अन्त्य भएसँगै फेसबुकबाटै आफ्नो पूर्वमायालुका बारेमा चियोचर्चो गरिरहेको तथ्य उजागर भएको छ। अमेरिकामा गरिएको अध्ययनको यो निष्कर्षपछि अब तपाईं आफ्नो पूर्वप्रेमी-प्रेमिकालाई फेसबुकको फ्रेन्ड लिस्टबाट हटाउनुहुन्छ कि नहटाई लुकामारी गर्नुहुन्छ ? त्यो त तपाईंकै जिम्मा। अध्ययनका क्रममा निम्न तथ्यांक देखा परेको थियो।

७० प्रतिशत मानिसले आफ्ना पूर्वमायालुका बारेमा बुझ्न म्युचुअल फ्रेन्ड प्रोफाइलको प्रयोग तथा फ्रेन्डकै रूपमा लगइन गर्ने गरेका छन्।

४८ प्रतिशत मानिस आफ्ना पूर्वमायालुसँग फेसबुकको सम्बन्ध कायम राख्छन् अर्थात् भुपु मायालुसँग फेसबुकमा साथीकै रूपमा कायम हुन्छन् ।

५२ प्रतिशत मानिसले आफूलाई आफ्नो पूर्वमायालुले फेसबुकमा पोस्ट गर्ने तस्बिर देखेर ईष्र्या
लाग्ने बताए।

६४ प्रतिशत मानिसले आफू फेसबुकमा पूर्वमायालुले पहिले पठाएका पुराना म्यासेजहरू पढेर आनन्द लिने गरेको र त्यसको विभिन्न ढंगले विश्लेषण गर्ने गरेको बताए।

त्यस्तै ७४ प्रतिशत मानिसले आफुले आफ्ना पूर्वमायालुको फेसबुक प्रोफाइल नियमित रूपमा चेक गर्ने तथा पूर्वमायालुको अहिलेको जोडीका बारेमा पनि बुझ्ने गरेको बताए।

त्यस्तै ३१ प्रतिशत मानिसले आफूले
आफ्ना पूर्वमायालुमा ईष्र्या उत्पन्न गर्न
विभिन्न नयाँनयाँ तस्बिर फेसबुकमा अपलोड गर्ने गरेको बताए।  

भीषण (साप्ताहिक )

0 comments:

Post a Comment