नेपाली फिल्म क्षेत्रकी चर्चित तथा व्यस्त नायिका निशा अधिकारीलाई हिस्टेरिया रोगले सताउन थालेको छ ।
खास गरी उनलाई हिस्टेरियाले उनको वास्तविक जिवनमा नभई छायांकन भइरहेको नयाँ फिल्म 'पदमिनी' मा सताउने भएको छ । भर्खरै रिलिज भएको फिल्म 'मायाज बार' मा बार गर्ल बनेकी निशाको छायाँकन भइरहेको फिल्म 'पदमिनी' मा उनी हिस्टेरिया रोग लागेको युवतीको रुपमा फिल्ममा देखिने भएकीछिन् ।
सो फिल्ममा निशाको साथमा सरिता गिरी, अनिल थापा, प्रदिप गिरी, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहनेछ । बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाको संयुक्त लगानीमा बन्न लागेको फिल्मलाई राम प्यासीले निर्देशन गरिरहेका छन् । उच्च कोटीको सहनशिल नारीको कथामा आधारित सो फिल्म भाद्र १ गतेबाट राजधानीमा धमाधम छायाँकन भईरहेको छ । सो फिल्मको आईतवारबाट गीत रेकर्डिङ पनि शुरू गरिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment