Breaking News
Loading...
Wednesday, August 22, 2012

Info Post
काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काले अदालत समक्ष आत्म सर्मपण गरेका छन्  । गत साउन ३० गते सर्वोच्च अदालतले खड्का सर्वाजनिक पदमा रहँदा भ्रष्टाचर गरेको अभियोगमा डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवान र त्यति नै रकम विगो भराउने फैसला गरेको थियो । फैसलालाई सम्मान गर्दै खड्काले आज अदालत समक्ष आत्म समर्पण गरेका हुन ।
खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ कात्तिक ४ गने २ करोड ३६ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दाएर गरेको थियो । विशेष अदालतले मुद्दाको हद म्याद नाघेको भन्दै ६३ कात्तिक २९ गते सफाइ दिएको थियो । मुद्दा फैसला भएको ६० दिन भित्र अदातल समक्ष आफैं उपस्थित भए सजायको २० प्रतिशत छुट पाउने व्यवस्थाअनुसार खड्काले पनि सो सुविधा पाउने छन् । खड्काले जेल भित्रै रहेर पुनरावेदन गर्ने दाङ जिल्ला सभापति घनश्याम रेग्मीले जानकारी दीए । खड्कालाई डिल्लीबजार कारागारमा राखिने छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
यता, पत्रकार सम्मेलनमा जेल जानुअघि कुरा गर्दै खड्काले फैसला पूर्वाग्रही भएको र आगामी बैशाखमा हुने भनिएको चुनावमा उठन नदिन नियोजित तरिकाले फसाइएको दावी गरे । ‘दुई जना न्यायाधीशले भन्दैमा त्यो जनताको फैसला हुँदैन, त्यसमा जनबिश्वास पनि छैन’ खड्काले भने- ‘जेलबाट निस्केर जनतामा जान्छु, जनताले नै मलाई न्याय दिनेछन र जनताले नै भन्ने छन म भ्रष्ट हुँ कि हैन् ।’ पुनरावलोकनबाट पनि न्यायको आश गरेको उनले खुलाए ।
आफु पहिले पनि जेल परेकाले अहिले जेल पर्नुलाई अनौठो नलिएको भन्दै खड्काले भने- ‘जेल मेरा लागि पवित्र घर हो, हिजो पनि छाती फुलाएर बसेको थिएँ आज पनि छाती फुलाएर बस्छु । अदालतमा उपस्थीत खड्काले ७५ लाख रुपैयाँ बिगो बुझाएका छन् भने अब ११ महिनामात्र जेल बसे पुग्ने भएको छ । स्वयं अदालतमा उपस्थीत भएका कारण उनको २० प्रतिशत सजायँ छुट भएको छ । यसअघि उनी दुई महिना अनुसन्धानका क्रममा अख्तियारको थुनामा बसेका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment