Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post
२ भदौ,लहान । माओवादी अध्यक्ष प्रचण्डको स्वर कडा हुँदै गएको छ र २१ दलको मोर्चा बनाएपछि त प्रचण्ड कांग्रेस एमालेमाथि आक्रमण अझ तीब्र पारेका छन्। आज सिरहामा पत्रकारसंग बोल्दै प्रचण्डले कांग्रेस नेता कोइरालाले मोहन वैद्यसंग गोप्य बैठक गरेर पार्टी फुटाएको आरोप समेत लगाएका छन् ।
उनले भने हामिले पनि काग्रेस-एमालेका संघियतावादीहरुसंग मोर्चा बन्दी गर्नु अनौठो कुरा होइन् ।महिना दिन अघिसम्म कोइरालाप्रति खासै नकारात्मक नदेखिएका प्रचण्डले अहिले भने पुर्णरुपमा कोइराललाई 'भिलेन' देख्न थालेका छन्।

कांग्रेस नेता कोइरालाले मोहन वैद्यसंग गोप्य बैठक गरेर पार्टी फुटाए

उनले भने सवै दलका प्राय नेता सहमत भएपनि कोइरालाले भाँडभैलो मच्चाइरहेको आरोप लगाए । 'देशमा संकट छ त्यसैले सरकारको जिम्म कांग्रेसलाइ दिन सकिन्न'-उनले थपे ।प्रचण्डले संविधान नलेखिनु, शान्ती प्रक्रिया पुरा नहुनु र संविधानसभाको विघटन हुनुको मुख्य जिम्मेवार कांग्रेस सभापति भएको पनि दावी गरे।

देशमा संकट छ त्यसैले सरकारको जिम्मा कांग्रेसलाइ दिन सकिन्न'

प्रचण्डले अवको लडाई मोर्चाबाटै लडिने पनि बताए ।
चुनाव घोषणा गरिसकेको सरकार काम चलाउ हुने र त्यही कामचलाउ सरकारको पनि राजिनामा माग्नु लज्जास्पद भएको प्रचण्डको ठहर थियो ।
सहमति हुन नसके यही सरकार अर्को २०-३० वर्ष चल्ने पनि प्रचण्डले ठोकुवा गरे।

सहमति हुन नसके यही सरकार अर्को २०-३० वर्ष चल्ने
संविधान र शान्ति प्रक्रियाका बाँकी रहेका विषयलाइ टुङग्याउन छोडेर सत्तामा अडि कसेका कांग्रेस एमालेको नियत सत्ता कब्जा भएको पनि प्रचण्डले बताएका छन्।

0 comments:

Post a Comment