Breaking News
Loading...
Tuesday, August 28, 2012

Info Post
 एउटी युवतीसँग सार्वजनिक स्थलमै करीब ११ सेकेन्ड लामो टङ किस गरेपछि गायक राजेश पायल राईको बिहे नहुने भएको छ । उनी स्वयंमले चुम्बन पछि स्वीकार गरेको कुरा हो यो ।

तर वास्तविक जीवनमा नभई चलचित्रको पर्दामा राजेशको बिहे नहुने भएको हो । उकेश दाहालले निर्देशन गरेको चलचित्र ‘किन किन’को एक दृश्यमा मोडललाई लामो टङ किस गरेपछि गायक राईले भनेका छन् -’राजेश पायल राईको बिहे हँुदैन कि क्या हो ।’
अधिकांश चलचित्रको गीतमा पाश्र्व गायनको अनुभव संगालीसकेका राईलाई चलचित्रको संवाद बोल्नका लागि भने निक्कै गाह्रो भयो । चलचित्रमा गरिएको टङ किसका बारेमा सोध्दा राईले चलचित्रमा यस्तो भएपनि आफ्नो वास्तविक जीवन भने भिन्न रहेको प्रतिक्रिया दिए । उनले भने -’चुम्बनले मेरो धेरै फ्यानहरुले राजेशले यसो नगरेको भए हुन्थ्यो भन्नु होला, तर यो चलचित्रको पर्दामा मात्र रहेको कुझिदिन आग्रह गर्दछु ।’

मोडलको पछि लाग्ने र जिस्काउने कुरामा राजेश पायल मात्र होईन गायक प्रमोद खरेल पनि कम छैनन् । चलचित्रकी नायिका शशि खड्कालाई तिमी साह्रै सेक्सी छौ भन्दै जिस्काएका छन् प्रमोदले । चलचित्र किन किन मा सानो भुमिका निर्वाह गरेका प्रमोदलाई पनि संवाद बोल्न धेरै नै गाह्रो भएको थियो ।
#अनलाइनखबर 

0 comments:

Post a Comment