Breaking News
Loading...
Tuesday, August 21, 2012

Info Post

काठमाडौं,५ भदौ ।
सरकारविरुद्ध आन्दोलनका क्रममा युवा संघ कार्यकर्ताले प्रहरीमाथि गरेको ज्यादतीको सोसल मिडियाबाट कडा टिप्पणी गर्ने डिएसपी दीपशमसेर राणालाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको आजको नागरिक दैनिकले समाचार छापेको छ ।  दुई साताअघि संघका अध्यक्ष महेश बस्नेतले महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदलका एक सिपाहीमाथि जलिरहेको मसालले आक्रमण गरेको घटनाको राणाले फेसबुकबाट टिप्पणी गरेका थिए।

 उनले फेसबुकमा उक्त कामको आलोचना गर्दै बस्नेतलाई संरक्षण दिएको भन्दै उनको माउ पार्टी एमालेको समेत आलोचना गरेका थिए।स्रोतका अनुसार राणाको फेसबुक स्टाटसलगत्तै एमालेका उच्च नेताले प्रहरीका माथिल्ला अधिकारीलाई राणा सरुवा गर्न दबाब दिएका थिए। बस्नेतले प्रहरीमाथि गरेको दुर्व्यवहारप्रति प्रहरीका उच्च अधिकृतसमेत असन्तुष्ट भए पनि एमाले नेताहरूको निरन्तर दबाबपछि प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले राणालाई कार्यदलबाट प्रधान कार्यालयको ट्राफिक निर्देशनालयमा सरुवा गरेका छन्। राणाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ।

 महानगरीय प्रहरी वृत्त, महाराजगन्जका डिएसपी जगदीश पोखरेललाई आइतबार काजसरुवा गरी ब्युरोमा ल्याइएको छ। ब्युरोका डिएसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय, दोलखा र डिएसपी जीवन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, महाराजगन्ज लगिएको छ। दोलखाका डिएसपी उमेशराज जोशीलाई ब्युरोमा ल्याइएको छ। नियमित सरुवाको सट्टा काज सरुवा गरिनुलाई प्रहरी अधिकृतले अर्थपूर्ण रूपमा हेरेका छन्।

0 comments:

Post a Comment