Breaking News
Loading...
Monday, August 20, 2012

Info Post
रमेशकुमार पौडेल, चितवन, भदौ ४  - नवगठित नेकपा -माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई सिनेमाको जोक्कर जस्ता भएको बताएका छन्। चितवनको रामपुर कृषि क्याम्पसमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

   'हाम्रा पूर्व नेता प्रचण्डको बोलीकै ठेगान छैन। बिहान एउटा भन्छन् बेलुकी अर्को कुरा गर्छन्। जोक्कर यस्तैलाई भन्छन्,' थापाको टिप्पणी थियो। दाहालले जनजाति भेट्न जाँदा उसैका पक्षमा कुरा गर्ने, जनजातिको विरोध गर्दै भेट्न जानेहरुको पनि समर्थन गर्ने जस्तो दोधारे नीति लिने गरेको थापाको आरोप थियो। 
प्रधानमन्त्री बाबुराम भट्टराईले नौटकी नै देखाउने गरेको उनले बताए। 'अस्ती भर्खर मेरो निर्वाचन क्षेत्र अन्तर्गत रहेको चेपाङ बस्तीमा गएर कम्मल बाँडेछ्न। देशको साँचो हरायो भन्ने कुरा गर्दथे। ट्रयाक्टर चढी चढी त्यता किन गएका हुन् कुन्नी ? सायद हरायो भनेको साँचो खोज्न पो हो कि,' थापाले व्यङ्ग्य गरे।

देशको साँचो दिल्लीमा बुझाएका छन् भन्दै थापाले देशमाथि घात गर्नेसँग एकता र सहकार्य हुन नसक्ने घोषणा गरे। 'बरु राष्ट्रवादी भनिनेहरुसँग एकता हुन्छ। एमाले र कांग्रेससँग सहकार्य हुन सक्ला, तर हिजोसँगै एउटै पार्टीमा बसे पनि विप्पा जस्तो राष्ट्रघाती सम्झौता गर्ने, एयरपोर्ट भारतीयलाई बुझाउनेहरुसँग एकता गर्ने कुरा नै आउँदैन।'
- नागरिकदैनिक

0 comments:

Post a Comment