Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post
सृष्टि रित्तो हात फर्किदैः काठमाडौं, भाद्र २ । विश्व सुन्दरी प्रतियोगिताको ६२ औं श्रृंखलाको उपाधि चिनियाँ सुन्दरीले जितेकी छिन् । चीनको ओर्डोसमा भएको सुन्दरी प्रतियोगितामा १ सय १५ राष्ट्रका सुन्दरीलाई पछि पार्दै चीनकी सुन्दरी वेन जिया ऊले उपाधि जितेकी हुन् । फस्ट रनर अपमा वेल्स र सेकेन्ड रनर अपको उपाधि अष्ट्रेलियाकी सुन्दरीले जितेका छन् । यसअघि भारत, चीन, ब्राजिल,अष्ट्रेलिया, वेल्स, साउथ सुडान र जमैकन सुन्दरी फाइनल चरणमा पुगेका थिए । मिस सोसियल मिडिया र ब्यूटि विथ द पर्पसको उपाधि भारतीय सुन्दरी भान्या मिश्राले, बिच ब्यूटी वेल्सकी सुन्दरीले, स्पोर्टस् एण्ड फिटनेशको उपाधि स्विडेनकी सुन्दरीले, पर्फर्मिङ्ग ट्यालेन्टको उपाधि चिनियाँ सुन्दरीले र टप मोडलको उपाधि वेल्सकी सुन्दरीले जितेका छन् । नेपाली सहभागी सृष्टि श्रेष्ठ भने शीर्ष १५ बाटै बाहिरिएकी छिन् । सृष्टि बिच ब्यूटीको शीर्ष १० मा समेत पर्न सफल भए पनि उपाधि भने जितिनन् । कुनै समय शीर्ष १४ मा रहेकी सृष्टि त्यसपछि भने राम्रो प्रदर्शन नहुँदा शीर्ष १५ बाट बाहिरिएकी थिइन् । सन् १९९४ देखि नेपालले पनि सहभागीता जनाइरहेकामा चीनमा रहेकी सृष्टि सबैभन्दा सफल सहभागी मानिन्छिन् । केही बर्षदेखि बेलायतमा बस्दै आएकी २३ वर्षीया श्रृष्टि नर्सिङ्ग गर्दैछिन् । यसअघि कुनै पनि नेपालीले शीर्ष ३० भित्र पर्न सकेका थिएनन् । सन् २०१३ को विश्व सुन्दरी प्रतियोगिता ईन्डोनेसियाको बालीमा हुँदैछ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment