४ भदौ, काठमाण्डौ । जुम्लाका एक व्यक्तिले कुदेरै मेचीदेखि महाकाली सम्मको यात्रा पुरा गरेका छन् । जुम्ला बाइराका-३, का २२ वर्षीय कुलबहादुर शाहीले कुदेरै मेचीदेखि महाकालीसम्मको भ्रमण पुरा गरेका हुन् । लामो समयदेखिको अशान्तिबाट आक्रान्त भएका शाहीले मुलुकमा दिगो शान्ति कायम होस, कसैले पनि अब द्धन्द्धको पिडा झेल्न नपरोस भन्ने कामनाका साथ सो दौड यात्रा गरेका हुन् ।
उनले गत साउन २१ गते काठमाडौ आएर आफ्नो जुम्लाबाट सुरु गरेको यात्रा २ सय १८ दिनमा पुरा गरेका हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफूले मुलुकमा दिगो शान्तिको कामना गरेर कठिन दौड पुरा गरेको भए पनि आफूलाई आशातित रुपमा कसैले सहयोग नगरेको गुनासो गरे ।
यात्रा पुरा गरेर काठमाडौ आई पुगेका शाहीलाई अहिले घर र्फकने, बसेको गेष्टहाउसको पैसा तिर्ने र खाएको पैसा तिर्न समस्या परेको वताए ।

0 comments:
Post a Comment