Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
काठमाडौँ, २६ साउन । राजधानीको भाटभटेनीस्थित एक कपास कारखानामा आज आगलागी भएको छ । बिहान साँढे १० बजेदेखि आगो लागेको थियो ।
आगलागीको खबर थाहा हुनासाथ घटनास्थलमा दमकल पुगेको थियो ।
इन्डियाको महोतरी घर भएका प्रवेश आलामको बालुवाटस्थित भाटभटेनीको मन्दिर पछाडी रहेको कपास गोदाममा आगो लागेको हो । गोदामको बाहिर फलाम वालिङ्ग गरिरहेको बेला आगोको झिल्को गोदामभित्र छिरेर आगो लागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।
आगो लागि हुदाँ झण्डै १२ देखि १५ लाख बराबरको कपास जलेर नष्ट भएको प्रहरी जनाएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सर्वसाधरणहरुको सक्रियतामा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

0 comments:

Post a Comment