Breaking News
Loading...
Thursday, August 16, 2012

Info Post
१९ दिनअघि छोरीलाई जन्म दिएकी महिला कैदी र उनको नवजात शिशुको अवस्था दयनीय छ ।
वीरगन्ज कारागार भित्र पोषिलो आहार र आवश्यक स्वास्थ्य सेवाबाट समेत वञ्चित रहेकी कैदी ३० वर्षीया अनिसा खातुन र नवजात शिशुको अवस्था दयनीय छ । ठगी मुद्दामा जेल परेकी अनिसा गर्भवती अवस्थाम नै जेल जानु परेकोले उनले १९ दिनअघि नारायणी उपक्षेत्रीय अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

कारागारले दैनिक ७ सय ग्राम सिधा चामलको भातमात्र खान पाएकी आमाले पोषिलो आहारा खान पाएकी छैनन् । पोषिलो आहाराको अभावमा दूध नआउँदा शिशुको समेत अवस्था चिन्ताजनक रहेको छ ।

अनिसाको यो दोस्रो सन्तान हो, उनको साथमा ३ वर्षीय छोरा सलमान पनि छन् । अरुले सेवा गर्नु पर्ने अवस्थाकी सुत्केरीलाई २ सन्तानको पालनपोषण गर्न साह्रो परेको छ । आफूले पर्याप्त दूध चुसाउन नसक्दा नवजात शिशुको तौल कम भएको उनले बताइन् ।

वीरगन्ज कारागारका जेलर धिरज मरासिनीले नियमबमोजिम सुत्केरीले ५ देखि ७ हजार रुपैयाँ सुत्केरी भत्ता पाउने बताए पनि कारागारका चौकीदारबाट बिल भर्पाइ नआएसम्म रकम निकासा गर्न नमिल्ने बताए । कारागारमा सुत्केरी हुने महिलाका लागि घिउ, मसिनो चामल, मासु आदि सुविधा दिने गरिएको उनले बताए ।
#डिसीनेपाल

0 comments:

Post a Comment