Breaking News
Loading...
Friday, August 3, 2012

Info Post

नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको उपलक्ष्यमा यहि आगामी १४ सेप्टेम्वर २०१२, शुक्रवारका दिन "आमाघर (दिलशोभा श्रेष्ठ) सहयोग तिज साँस्कृतिक कार्यक्रम"" नेपाली कल्याणकारी समितिले वर दुवईको ईम्पेरीयल स्विट होटलमा सम्पन्न गर्न गएको जानकारी उक्त समितिका अध्यक्ष श्रीमती ममता विष्टले जानकारी गराउनु भयो ।

विगतमा पनि नेपाली कल्याणकारी समितिले हरीतालिका तिज कार्यक्रम गर्दै आएको र यस पटक पनि उक्त कार्यक्रम आयोजना गरीएको जानकारी का साथै सो कार्यक्रमवाट प्राप्तहुने नाफाको सम्पुर्ण रकम “आमाघर (दिलशोभा श्रेष्ठ) द्धारा संचालित वृद्धा र वालवालीका आश्रमलाई गरीने वताईन् । भर्खरै मात्र कान्तिपुर टेलिभिजनको दिशा निर्देश कार्यक्रममा कार्यक्रम संचालक विजय कुमारसंग गरीएको सम्वादको आधारमा वास्तवमानै आफनो व्यतिगत स्वार्थभन्दा समाजमा रहेका अभिभावक विहिन वालवालीका र वृद्धाहरुलाई व्यतिगत रुपले सहयोग गर्दै आएकी र उनलाई उक्त आश्रम संचालन गर्न आर्थिक अभाव रहेको र विश्वका विभिन्न मुलुकमा रहेका व्यति एवं संस्थाहरुले पनि सहयोग गर्दै आएको र सो मानवीय कार्यमा हामी प्रवासमा रहेका सामाजीक कार्य गर्दै आएको संस्थाहरुले पनि यस किसिमको कार्यमा सहयोगी हुनुपर्ने हुदाँ यस पटकको तिज कार्यक्रम नेपाली कल्यणकारी समिति, युएईले “आमाघरलाइ” सहयोग गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको कुराको जानकारी गराउनु भएको छ ।



युएईका स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतिका साथ उक्त कार्यक्रम आयोजना गर्न लागीएको जानकारी पनि विष्टले दिएकी छन् । नेपलवाट कलाकार वोलाएर कार्यक्रम गर्ने परम्परा भन्दा यहाँ रहेका कलाकारहरुलाई हामीले प्रोत्साहान र हौसला दिनु पर्दछ । नेपालवाट आउने कलाकारहरुको जस्तै विशिष्ठता हासिल गरीसकेका स्थानिय कलाकारहरु छन् । त्यसैले हामीले नेपालवाट कलाकार झिकाउनु भन्दा यहाँका स्थानिय कलाकारहरुलाई सम्मान गर्ने परम्पराको थालनी गर्नुपर्ने वताएकी छिन् । उक्त कार्यक्रममा रेखा घिमीरे, सम्झना लामिछाने, उमेश राई, आशिष पुरुष लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने कुराको जानकारी गराईन् ।

हामी हाम्रो देश नेपालभन्दा टाढा छौ तर पनि हामीले हाम्रो कला, संस्कृतिको जर्गेना गर्ने दायित्व पनि हाम्रो नै हुनुपर्दछ । अझ युएईमा रहेका महिलाहरुलाई पुर्ण मनोरन्जन दिदै नेपालको समाजीक कर्यमा आर्थिक सहयोग गर्ने पवित्र उदेश्यका साथ आयोजना गर्न लागिएको यस “आमाघर (दिलशोभा श्रेष्ठ) सहयोग तिज साँस्कृतिक कार्यक्रममा” उपस्थित भई वढि भन्दा वढि आर्थिक सहोगग गर्न सम्भव हुने हुदाँ सम्पुर्ण युएईवासी नेपालीलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरेकी छिन् ।

0 comments:

Post a Comment