Breaking News
Loading...
Friday, August 3, 2012

Info Post

न्युयोर्क, अमेरिकामा नेपाली संस्था एसोसिएसन अफ नेपलिज ईन अमेरिका (एएनए) ले आफनो तीसौं सम्मेलनको अवसरमा तीन व्यक्तित्वहरुलाई ‘एएनए हिरोज’ बाट सम्मानित गरेको छ । टेक्सासमा डालासमा हालै सम्पन्न सो सम्मेलनमा भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा प्राध्यापनमा सक्रिय डा डिना वाङदेल, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनाली र अमेरिकी कानुन व्यवसायी म्याथ्यु हाड्ले एएनए हिरोज घोषित भएका हुन् ।

नेपाली ईतिहासविद नैनसिंह वाङदेलकी पुत्री डिनालाई नेपाली कला, संस्कृतीको योगदानका लागि ‘एएनए लाईफ टाईम हिरोज’ बाट सम्मान गरिएको हो ।

त्यसैगरि न्युयोर्कबासी रक्तदाता मैनालीलाई रक्तदात र समाजसेवा मार्फत नेपाली डायास्पोरामा सक्रिय भए वापत एएनए हिरो घोषित भएका हुन् । साढे दुई दशकमा एक सय ४ पटक रक्तदान गरेका मैनालीको सक्रियतामा अमेरिकामा पछिल्लो समयमा ३९ वटा नेपाली संघ संस्थाहरुको आयोजनामा ६० पटक

रक्तदान कार्यक्रम सम्पन्न भईसकेका छन् । त्यसैगरि मैनाली, नेपाली संघ संस्थाहरुलाई एवम अन्य सामाजिक कार्यमा चन्दा सहयोग गर्दै आएको परिचित नाम हो ।

अर्का सम्मानित ब्यक्तित्वमा वासिङटन डिसीमा कार्यरत वकिल हाड्लले आठ बर्षअघि इराकमा मारिएका १२ नेपालीहरुका परिवारलाई अमेरिकी अदालत मार्फत क्षतिपुर्ती दिलाउन कानुनी लडाई लडेका थिए । उनी कुनै समय पिसक्रप्स अन्र्तगत नेपालमा कार्यरत थिए ।

0 comments:

Post a Comment