Breaking News
Loading...
Friday, August 3, 2012

Info Post

आफूले अभिनय गरेको फिल्म हेर्न नायिकाले नै टिकट नपाएको कुरा सुन्दा अचम्म लाग्दो हो। त्यस्तै भएको छ बलिउडमा नायिका दीपिका पादुकोणलाई। आफूद्वारा अभिनित फिल्म ककटेल हेर्न साथीसहित सिनेमाघर पुगेकी नायिका हलमा टिकट सकिएको थाहा पाएपछि फिल्म नै नहेरी घर फर्किएकी छन्।

 मेरो फिल्मले यति राम्रो चर्चा पाएको रहेछ भन्ने कुरा मलाई थाहा हुन सकेको थिएन, व्यावसायिकताका लागि यो सकारात्मक कुरा हो,’ साथीसँग फिल्म हेर्न नपाएपछि घर फर्किएकी दीपिकाले भारतीय सञ्चारमाध्यमसँग भनिन्– ‘तर साथीहरूलाई टिकटको व्यवस्था गराउन नपाउँदा दुःख लागेको छ।’ दीपिकाले साथीहरूलाई फिल्म देखाउन नपाएकोमा क्षमा मागे पनि साथीले आफ्नो समस्या बुझिदिएकोमा धन्यवादसमेत दिएकी थिइन्। सञ्चारमाध्यमका अनुसार ककटेलमा गरेको राम्रो अभिनयका कारण दीपिकाको तारिफ र चर्चा बढिरहेको छ

बलिउडमा इन्ट्री पाउन नग्न फोटोसुट
 भारतीय मूलकी भए पनि पहिलोपटक भारत जान लागेकी अस्ट्रेलियाली पप गायिका आयशा सागरले बलिउडमा इन्ट्री पाउन अनौठो उपाय अपनाएकी छन्, त्यो हो नग्न फोटोसुट।यो तस्वीरको अर्थ मलाई एउटा कलाकारका रूपमा स्थापित गराउनु हो,‘ उनले आफ्नो निजी वेभसाइटमा लेखेकी छन्– ‘मेरो प्रतिभा भन्नु नै नग्नता प्रस्तुत गर्नु हो।‘ उनले नग्न शरीरमा अस्ट्रेलियाको झन्डाको पेन्टिङ गरेर सफर्स प्याराडाइजमा तस्वीर खिचाएर वेभसाइटमा राखेपछि अस्ट्रेलियामा रहेका भारतीयले दुःख मनाउ गरेका थिए।

 उनको तस्वीरको आलोचना भएपछि आयशाले आफ्नो तस्वीर वेभसाइटमा राख्नका लागि नखिचाएको भन्दै स्पष्टीकरण दिएकी थिइन्। आयशालाई हालै भारतमा पर्यटनलाई बढावा दिनका लागि त्यहाँको गोल्टकोस्ट शहरको सद्भावनादूत बनाइएको थियो। अगस्टमा भारत जान लागेकी आयशाले बलिउडमा अभिनय र गायनमा आफ्नो भाग्य चम्काउन चाहेको सञ्चारमाध्यमसित बताएकी छन्

0 comments:

Post a Comment