Breaking News
Loading...
Monday, September 3, 2012

Info Post

काठमाडौं ।
जम्मा ३२ सय रुपैयाँका लागि २ जनाको हत्यामा संलग्न रहेका १८ देखि २० वर्ष उमेरका ५ जना युवालाई आज प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १५ गते भक्तपुरको ताथलीमा नियोलोजन एकेडेमी र भक्तपुर इङ्गलिस स्कूलका शिक्षक सुजन पौडेल र एकेडेमीका लेखपाल विद्या साखःकर्मीलाई लुटेर हत्या गर्नेहरुलाई आजै पक्राउ गरी सार्वजनिक गरिएको हो ।
हत्यामा भक्तपुरका सुजन सैजु, रुकेश कुसी, निरन मानन्धर, रविन मुस्याखो र किरण सुवाल छन् । महानगरीय प्रहरी महाशाखा हनुमानढोकाका प्रहरी बरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीले अभियुक्तहरुले छुरा, वाँसको भाटा र वाइकको सकले हानेर पौडेल र साखःकर्मीको हत्या गरेको जानकारी दिनुभयो ।

उनीहरुले हत्यापछि मृतक पौडेलको पर्सबाट ३२ सय रुपैयाँ र एउटा मोवाइल लुटेको प्रहरीले जनाएको छ । सो मोवाइल खरिद गर्ने अनिल साखःकर्मीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ भने सो घटनामा संलग्न अरु दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।
भक्तपुरको विएम इटा भट्टाका साहुको पैसा लुटने योजना तयार पारेको तर सो दिन उक्त साहुलाई लुटन नसकेपछि मोटरसाइकलबाट भक्तपुर गइरहेका मृतक पौडेल र साखःकर्मीलाई लुटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख सुवेदीले हाल उपत्याकामा दिउसै चोरी डकैती र लूटपाटका घटना बढिरहेको र यसमा युवाहरु नै संलग्न पाइएको जानकारी दिनुभयो । लुटने योजना सुजन सैजुले गरेको र इट्टाभट्टामा काम गर्ने आफ्नै भाइ सुन्दर सैजुले साहुको बारेमा सूचना दिएको प्रहरीको भनाइ छ ।

0 comments:

Post a Comment