२ अर्ब भारु भन्दा बढि कमाउन सफल भएको सलमान खानको पछिल्लो सुपरहिट फिल्म एक था टाइगर विवादमा फसेको छ । सलमानको टाइगरमाथि कथावस्तु चोरेको आरोप मुद्दा दायर भएको छ ।
आनन्द पांडा नामका व्यक्तिले आफ्नो कहानी चोरेर यशराज फिल्म्सले एक था टाइगर बनाएको दाबी गर्दै मुम्बइ उच्च अदालतमा मुद्दा दायर गरेका छन् । आनन्दले भनेका छन्, मैले यशराज फिल्मस्को कार्यालयमा गएर आफ्नो कथाको स्त्रिmप्ट छाडेको थियो । उक्त कार्यालयमा मेरो कथा झण्डै ५० दिन राखियो र पछि फिर्ता गरियो ।
उनका अनुसार फिल्म बनाउन अनुपयुक्त भनेर आफुलाई फिर्ता गरिएको कथामै एक था टाइगर बनाइएको हो ।
आनन्दको उजुरीमा सुनुवाइ गर्दै मुम्बइ उच्च अदालतले फिल्मका निर्माता, निर्देशक तथा लेखकमाथि मुद्दा दर्ता गर्न आदेश दिएको छ । सोही आदेश बमोजिम मुम्बइ पुलिसले मुद्दा दर्ता गरेको छ ।
यो फिल्मको कहानी संयुक्ता र निलेश मिश्राले लेखेका हुन् । यसमा कविर खानको निर्देशन तथा आदित्य चोपडाको निर्माण रहेको छ । एक था टाइगरले २ अर्ब भारु भन्दा बढि कमाएपनि बलिउड इतिहासका उत्कृष्ट २० फिल्ममा भने पर्न सकेन ।
स्मरण रहोस् आफ्नो गुप्तचर एजेन्सीको बदमान गरेको भन्दै पाकिस्तान सरकारले एक था टाइगरलाई पाकिस्तानमा बन्देज लगाएको छ ।
अनलाइनखबर

0 comments:
Post a Comment