Breaking News
Loading...
Monday, September 10, 2012

Info Post

इराकको एक अदालतले देशका भगौड़े उप-राष्ट्रपति तारिक अल हाशेमीलाई फांसीको सजाय सुनाएको छ।
 अदालतले उनलाई आफ्ना वकिल र सुरक्षा गार्डको हत्या लगायत कयौको हत्याको लागि दोषी ठराउदै शिया मुसलमान एवम सुरक्षाबल माथि निशाना बनाएका भन्दै उक्त फैसला सुनाएको हो।
सुन्नी संप्रदायसँग सम्बन्ध राख्ने अल हाशेमी यस वर्षको शुरु में देश छोडि गएका थिए र अहिले उनी टर्कीमा निर्वासन जीवन विताउदै आएका छन।

यस घट्नाले देशमा शिया, सुन्नि एवम कुर्दको गठबंधन सरकारमा एक राजनीतिक संकट पैदा गरेको छ। इराकको शिया सरकारमा हाशेमी सुन्नी संप्रदायका सबै भन्दा वरिष्ठ नेता थिए । गत वर्ष साल डिसेम्बरमा उनी माथि आरोप लगाइएको थियो।
इराक सरकारले १९ डिसेम्बर २०११ म उनलाई गिरफ्तारी पुर्जी जारी गरेको थियो। त्यसको एक दिन पहले अमेरिकन सेना देश छोडी गएको थियो।
पुर्व ईराकी राष्ट्रपती सद्दाम हुस्सेन पनि सुन्नी समुदायका थिए।

यसैबीच इराकमा आइतवार दिन सामुयादिक हिंसा जारी छ, अहिले सम्म त्यहाँ भएका १७ आक्रमणमा कम्तिमा पनि ७५ को मृत्‍यु भएको छ भने २०० घाइते भएका छन।
दक्षिणी शहर अमारामा २ कार बम धमका को अलावा गोलीबारी एवम हिंसाका कयौ घट्नामा कम्तिमा १४ जना मरेका थिए। यसैगरी बग्दादको उत्तर दुजैल शहरमा एक सैन्य अड्डामा भएका हमलाहरुमा कम्तिमा पनि दश जनाको मृत्‍यु हुनुका साथै ८ जना घाइते भएका समाचार छन ।

0 comments:

Post a Comment