आउँदो अक्टोबर ७ देखि भारतीय कलर्स टेलिभिजनबाट रियालिटी शो बिग बोस को छैटौँ सिजन सुरु हुँदैछ । बिग बोस फेरी एकपटक सलमान खानले संचालन गर्दैछन् । हुनत अघिल्लो सिजनमा सलमान सँगै संजय दत्त पनि संचालकको रुपमा बिग बोसको घरमा थिए । तरपनि मुन्नाभाइको छनकले खासै तहल्का पिट्न सकेन ।
अहिले फेरी छैटौँ संस्करण नयाँ कलेबरमा आउँदैछ । सलमान खान आफैले संचालन गर्ने यो शो पूरै पारिवारिक शो हुने र कसैले पनि गुनासो गर्ने मौका नपाउने दाबी गर्छन् ।
अघिल्लो वर्ष त पोर्नस्टार सन्नी लियोनका कारण बिग बोसले चर्चा पायो । तर यो पाला कुन हतकण्डा अपनाउने हो ? त्यो अहिल्यै थाहा हुन सकेको छैन । बिग बोसलाई लोकपि्रय बनाउन खासै तयारी भैरहेको छैन भन्ने कुरा सलमानको हालैको एक अभिव्यक्तिबाट थाहा हुन्छ । उनले बिग बोस ६ लाई लोकपि्रय बनाउने आफुले पूरै प्रयास गर्ने बताए । तर आफु सन्नी लियोन नभएकाले उनीबाट पाउने कुराको अपेक्षा भने नगर्न उनले सुझाव दिए ।
सलमान भन्छन्, ‘मैले राम्रो गर्ने कोसिस गर्नेछु, तर म यसका लागि पौडी पहिरनमा पोखरीमा पौडिन जानेछैन किनकी म सलमान खान हुँ, सन्नी लियोन होइन ।’
#Onlinekhabar

0 comments:
Post a Comment