Breaking News
Loading...
Sunday, September 23, 2012

Info Post
उटांगे–उटांगे गीत गाएर विवाद र चर्चामा आइरहने गायिका तथा सञ्चारकर्मी कमल वली अब भने नायिकाको रुपमा पनि देखिने भएकी छन् ।

पोइला जान पाउ शिव भन्दै गीत गाउने गायिका वली अब नेपाली चलचित्र 'दब्दबा'मार्फत देखिने भएकी हुन् ।

त्यसो त उनले खेलेको उक्त फिल्मको रिलिज डेट पनि फिक्स भइसकेको छ ।

दब्दबा चलचित्र पौष १३ गते देखि विभिन्न हलहरुमा लाग्ने भएको हो । पहिलो फिल्ममा घुमन्ते भट्टीवालीको भूमिका निभाएकी गायिका वलीले फिल्ममा राम्रो अभिनय गरेको त्यसका निर्देशक एम.एस अग्रजले बताए ।

फिल्मका सम्बन्धमा वलीले भने यस फिल्मबाट दर्शकहरुलाई भिन्न किसिमको टेस्ट दिने प्रतिक्रिया दिन्छिन् ।

कलर मुभिको ब्यानरमा निर्मित यस फिल्ममा विशाल पोखरेल, आरजु अधिकारी, गणेश उप्रेतीको मुख्य भूमिका रहेको छ । 

Watch Latest Music Video By Komal Oli

0 comments:

Post a Comment