भदौ २८ - सिनेमा सम्बन्धि एक वेब साइटले कुनै समय नेपाली सिनेमाकी चर्चित नायिका बिपना थापाले ऋण लियर नतिर्दा कालो सुचिमा परेको खबर केहि दिन अघि प्रकाशित गरेको छ । विपना नेपाली सिने क्षेत्रमा डेढ दशक सक्रिय यात्रा गरेकी नायिका हुन्। उनले करिब डेढ सय सिनेमामा अभिनय गरेकी छिन् । भारतीय नागरिकसँग विवाह गाँठो कसेपछि उनी भारतमै बसोबास गर्छिन् ।
उक्त वेब साइटका अनुसार विपनाले गाडी किन्नका लागि लिएको ऋण अहिले सम्म पनि तिरेकी छैनन् । विपनाले २०६२ जेठ १७ मा काठमाडौंको नारायणी नेश्नल फाइनान्सबाट आठ लाख रुपियाँ ऋण लिएकी थिइन् । हाल सम्म पनि ऋण नतिरेपछि थापाविरुद्ध ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिएको छ । साउन ११ मा थापा विरुद्ध मुद्दा दायर भएको हो ।ऋणमा सोही गाडी धितो थियो । उक्त गाडी लिलाम बिक्री गरेर समेत ऋण चुक्ता नभएपछि फाइनान्सले मुद्दा हालेको हो ।
विपनाले १७ हजार तीन सय ९४ रुपियाँ ६० किस्ता बुझाउनुपर्नेमा २० किस्ता मात्रै बुझाएको फाइनान्सले दायर गरेको मुद्दामा उल्लेख छ । फाइनान्सले ७ लाख २६ हजार पाँच सय ८० रुपियाँ दाबी गरेको छ । फाइनान्सले पटकपटक सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपनि उनी बेखबर बनेपछि कर्जा सूचना केन्द्रले विपनालाई कालो सूचिमा राखेको छ।

0 comments:
Post a Comment