Breaking News
Loading...
Thursday, September 6, 2012

Info Post

 कान्तिपुर संवाददाता
 भाद्र २१ - कार्यक्रम थियो, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुतला दहन गर्ने । विरोध प्रदर्शनका लागि बिहीबार बिहानै घण्टाघर नजिकै एमाले निकट विद्यार्थी भेला भएका थिए । विरोध नियन्त्रणबाहिर नजाओस् भन्नका लागि सुरक्षाकर्मी पनि तैनाथ देखिन्थे ।

दुई चार जना विद्यार्थी प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला बोकेर आए । प्रहरीले खोस्छ कि भन्ने भयमा रहेका विद्यार्थीले साँघुरो घेरा बनाएर पुतला घेरे । एक विद्यार्थीले पेट्रोल छर्के । पेट्रोल सागर धितालको अनुहारमा परेको सलाई बोक्नेलाई थाहै भएन । सलाई कोरेर पुतलमा के झोसेका मात्र थिए, पुतलासँगै धितालको अनुहारमा पनि दन्दन्ती बल्न थाल्यो ।
पुतलामा बालेको आगोले शिखर शाह, रामकिशोर सिंहलाई पनि भेट्यो । विद्यार्थीलाई पुतलामा लागेको आगोमा नारा घन्काउनुभन्दा साथीको जल्न थालेको अनुहारको आगो निभाउने लेठो थपियो ।
अनुहारमा लागेको आगो निभाउन विद्यार्थी फलफूल पसल दगुरे । पसलवालाले अनुहारमा पानी हालिदियो । आगो निभ्यो । आगोले अनुहार डढेका साथीलाई अरू कार्यकर्ताले मोटरसाइकलमा मोडल अस्पताल पुर्‍याए । चिकित्सकको २४ घण्टे निगरानीमा धिताल, शाह र सिंहको उपचार भइरहेको छ ।

शब्द/तस्बिरः नरेन्द्र श्रेष्ठ

0 comments:

Post a Comment