काठमाण्डौं, २४ भदौ । प्रधानमन्त्री डाक्टर वावुराम भट्टराइले आफुलाई काम गर्न नदिएको गुनासो गरेका छन् । राष्ट्रपतितर्फ इगित गर्दै उनले देश अध्यादेशवाट चलाउनुपर्ने अवस्थामा सरकारलाई अध्यादेश नै जारी गर्न नदिएर देशमा थप संकट निम्ताइएको बताए । डिल्लीबजार कन्या क्याम्पसको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानमन्त्रीले अध्यादेश नै देश चलाउने एक मात्र विकल्प भएको भन्दै उनले राष्ट्रपतिले काम गर्न नदिएको भन्दै आक्रोष समेत पोखे । अहिलेको अवस्थामा त्यसको पनि विरोध भएकाले आफु थप अप्ठ्यारोमा परेको उनको भनाई थियो । देशको संक्रमणकालीन अवस्थामा अध्यादेशमार्फत आफुले केहि जनमुखी कार्यक्रम ल्याउने तयारी गरेपनि विरोधका कारण त्यो सम्भव नभएको पनि उनको गुनासो थियो ।
उनले आफुलाई पूर्ण बजेट ल्याउन नदिएका कारण जनमुखि काम गर्न नसकेको पनि बताए । आफुलाई असफल वनाउन अनेक चलखेल भईरहेको भन्दै भट्टराईले तर यसमा कोही सफल हुन नसक्ने दावी समेत गरे । आफु कुर्सीमा रहेसम्म देश र जनताकै पक्षमा काम गर्ने उनको भनाई थियो । प्रधानमन्त्री भट्टराईले आफ्नी आमा धर्मकुमारी भट्टराईको नाममा क्याम्पसमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीका लागि दुई लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरे ।।
नयाँखबर
0 comments:
Post a Comment