Breaking News
Loading...
Thursday, September 20, 2012

Info Post

बलिउडमा करीना कपूर र सैफ अली खानको बिहेको चर्चाले बजार तताइरहेका बेला अर्की अभिनेत्री विद्या बालनको चर्चाले झनै गर्मी थपिदिएको छ ।
विद्याले आफ्ना प्रेमी सिर्द्धार्थ राय कपूरसँग आउँदो डिसेम्बरमा लगनगाँठो कस्ने तयारी गरिरहेको समाचार छ । सुत्रहरुका अनुसार विद्या र सिर्द्धार्थ बिहेको तयारीमा जुटिसकेका छन् । यद्यपि दुबैजनाले यसबारेमा मुख खोलिसकेका भने छैनन् ।

थाहै भएको कुरा हो की विद्या राम्रा राम्रा साडी लगाउन शौखिम महिला हुन् । त्यसैले विद्यासँगै बनारसी साडीको प्रसँग जोडिइहाल्छ । त्यसैले विहेका लागि समेत बनारसको स्थानीय बजारमै गएर दामी साडी खरिद गर्न सुरु गरिसकेकी छिन् । विहेको किनमेल पनि धुमधामसँग गर्ने योजनामा विद्या रहेको बताइन्छ । उनले अटोरिक्सा रिजर्भ नै गरेर हालै केही किनमेल गरिसकेको बताइन्छ तर यो कुराको धेरैले पत्तै पाउन सकेनन् ।
विद्याले बिहेका लागि सपिङ सुरु त गरिसकिन् तर बिहे पक्का हुने हो वा हैन त्यो भन्न सकिने अवस्था छैन । कतै सैफ र करीनाको जस्तै गरी पर-पर र्सर्दै जाने हो की ?
अनलाइनखबर 

0 comments:

Post a Comment