अपराधीहरुको दिमागलाई पनि मान्नैपर्छ । अरुले सोँच्न सम्म नसक्ने आइडिया लगाउन माहिर हुन्छन् उनीहरु, जसका कारण उनीहरुले कसैलाई सुइँकोसम्म नदिइ ठूलाठूला अपराध गर्न सफल हुन्छन् । तर सधै त्यस्तो कहाँ हुन्छ र कहिलेकाहीँ कानुनको फन्दामा परिहाल्छन् ।
यस्तै भएको छ भारतमा । कट्टुभित्र बाँदर लुकाएर तस्करी गर्दै गरेका ३ जना मानिसलाई प्रहरीले नयाँ दिल्लीमा पक्राउ गरेको छ । थाइल्याण्डको बैंकक बाट दिल्ली हुँदै दुबइ उड्न लागेका ३ जना तस्करहरु इन्दिरा गान्धी विमानस्थलमा पक्राउ परेका हुन् । ती मध्ये दुइजनाको कट्टुभित्रबाट सानो प्रजातिका लोरिस भनिने बाँदर फेला परेपछि सबै अचम्ममा परे ।
विमानस्थलमा सुरक्षा जाँचको क्रममा उनीहरुको लिंगस्थान बढि नै उचालिएको देखेपछि सुरक्षाकर्मीलाई शंका भएछ । शंका लागेर उनीहरुमाथि चेकजाँच गर्दा दुइजनाको कट्टुभित्र एक एक वटा जिउँदो बाँदर फेला पर्यो । ती दुइ बाँदर मध्ये ठूलो चाहीँ ७ इन्च लामो थियो । कट्टुभित्रबाट बाँदर बरामद भएपछि सुरक्षाकर्मीले त्यस कार्यमा संलग्न ३ जनालाई पक्राउ गर्यो भने बाँदरलाई एक जनावर वादी संस्थालाई हस्तान्तरण गर्यो । तस्करहरु तिनै जना युएइका नागरिक हुन् । कट्टुभित्र फेला परेका बाँदरको एक भेटेनरीमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ । लोरिस नामको उक्त बाँदरको प्रजाति भारत तथा श्रीलंका लगायतका देशमा रैथाने प्रजातिको रुपमा रहेको छ । यो प्रजाति संकटापन्न अवस्थामा रहेको बताइन्छ ।
अनलाइनखबर

0 comments:
Post a Comment