२१ भदौ, काठमाण्डौ ।
चोर वा गलत काम गर्नेले सामान लुकाउन के के सम्म गर्न सक्छ भन्ने कुराको भेद खोलिदिएको छ गड्डाचौकी प्रहरीले भारतसँग जोडिएको नेपालको पश्चिमी सीमानाका गड्डाचौकीबाट प्रहरीको विशेष टोलीले स्तन, गुप्ताङ्ग जस्ता महिलाका संवेदनशिल अंगमा चरेल बोकेर हिंडेका चार युवती पक्राउ गरेको छ ।
चार युवती सहित एक पुरुषलाई आठ किलो ७०० ग्राम चरेससहित पक्राउ गरेको प्रहरीले बताएको छ । युवतीहरूको स्तन, कम्मर, गुप्ताङ्गका भागमा लुकाएको आठ किलो चरेस फेला परेको हो ।
सीमानाका पार गर्नै लागेका बेला प्रहरीले शङ्का लागी चेकजाँच गर्दा शरीरमा ती चरेश बरामद भएका थिए । प्रहरी नायब उपरीक्षक बिर्खबहादुर मल्लका अनुसार पक्राउ पर्नेहरुमा बाँके जिल्ला कोहलपुर चपरगाडीका रीता चौधरी, अन्जु थारु, सरीता पुन, धनसरा आले र बीरबहादुर बुढा छन ।
चारै जनालाई भरियाका रुपमा प्रयोग गरी बीरबहादुर बुढाले चरेस भारततर्फ लान लागेको प्रहरीको भनाइ छ ।

0 comments:
Post a Comment