बलिउड अभिनेत्री ऐश्वर्या रायले संयुक्त राष्ट्रसंघको मुख्यालयमा गएर भाषण दिएकी छिन् । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सेप्टेम्बर २१ मा राष्ट्रसंघ मुख्यालयमा आयोजित कार्यक्रममा भाग लिन पुगेकी रायले त्यहाँ महासचिव वान की मुन लगायत सँग भेट गरी केहीबेर प्रवचन समेत दिएकी हुन् ।
राष्ट्रसंघका लागि भारतकी सद्भावना दुत समेत रहेकी रायले उक्त विशेष समारोहपछि आयोजना गरिएको एक छलफल कार्यक्रममा भाग लिँदै रायले त्यहाँ उपस्थित युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै प्रतिशोध र स्वार्थ त्यागेर समूह भावनाका साथ अघि बढ्न समेत सुझाव दिइन् ।
त्यस अवसरमा महासचिव वानका साथ रायसँगै शान्ति दुत मिचेल डग्लस, बेलायती मानवशास्त्री जेन गुडल, अमेरिकी लेखक तथा नोबेल बिजेता इली वाइजेल तथा अमेरिकी नायिका मोनिक कोलेमान लगायतको सहभागिता थियो ।
ऐश्वर्याले ओम शान्ति मन्त्र उच्चारण गर्दै शान्ति केवल शव्द मात्र नभएर यो यसलाई हरेक व्यक्तिको आफ्नो मनमा जन्म दिनुपर्ने धारणा राखिन् ।
आफ्ना श्रीमान अभिषेकलाई भेट्न छोरी बोकेर केही दिनअघि अमेरिका पुगेकी ऐश्वर्याका लागि यो पटकको राष्ट्रसंघको भाषण एक पन्थ दुइ काज जस्तै भएको छ ।

ऐश्वर्या रायको भाषण सुन्न यहाँ क्लिक गर्नुहोला

0 comments:
Post a Comment