Breaking News
Loading...
Wednesday, September 26, 2012

Info Post

बच्चा जन्मनु कहाँ हो कहाँ कोक्रो बुन्न हतारो भन्ने उखानै छ । यो उखान बलिउड अभिनेत्री करीना कपूरको हकमा समेत ठ्याक्कै मिलेको छ । सैफ अली खानसँग बिहे हुने भनिएपनि अझैँ टुंगो लागिसकेको छैन तर करीनालाई भने गर्भवती बन्न हतारो भैसकेको छ ।

यो वर्षभित्रैमा सैफसँग बिहे गर्ने भनिएकी करीनाले एउटा फिल्मको अफर सोही कारण त्यागेकी छिन् । फिल्म शुटिङ अवधिभर गर्भवती हुन नपाइने सर्त तेर्साइएपछि करीनाले उक्त फिल्ममा नखेल्ने निर्णय गरेकी हुन् ।
फिल्म ‘राम लीला’ मा करीनालाई अनुबन्ध गर्नुअघि निर्माता संजय लीला भंन्सालीले करीनासामु फिल्म शुटिङ नसकिएसम्म गर्भ बोक्न नपाइने सर्त राखेका थिए । तर उक्त सर्त मान्न करीनाले अस्विकार गरेपछि रामलीलामा करीनाको लीला प्रकट नहुने पक्का भएको हो । यसअघि पैसामा कुरो नमिलेर करीनाले रामलीला नखेलेको बताइएको भएपनि खास कुरोको चुरो भने बच्चा पाउने नपाउने भन्ने विवाद रहेको खुलासा भएको छ ।
बलिउड फिल्ममा आजभोलि नायिकाहरुलाई अनुबन्ध गर्दा निर्माता निर्देशकले करार पत्रमा शुटिङ अवधिभर गर्भवती नबन्ने कबोल गराउने चलन बढेको बताइन्छ । आजभोलि निर्माता निर्देशक र नायिकाहरुबीच पैसाको विषयमा भन्दा यहीँ सर्तको विषयमा बढि बहस हुने गर्छ ।अनलाइनखबर 

0 comments:

Post a Comment