Breaking News
Loading...
Sunday, September 9, 2012

Info Post
दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।
अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापा
साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।

0 comments:

Post a Comment