Breaking News
Loading...
Saturday, September 22, 2012

Info Post

अमेरिकाको कन्सास सहरमा पालिएको एक अजिंगरले चिडियाघरमा पालिएको विश्वको सबैभन्दा लामो अजिंगरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । २६ फिट लामो र १ सय ३६ किलो तौलको यो अजिंगर अजिंगरलाई उचाल्न १५ जना मान्छे लाग्नुपर्छ ।
गिनिज बुकका अधिकारीहरुले हालै यो र्सपलाई क्याप्टिभिटीमा पालिएको विश्वको सबैभन्दा लामो र्सपको उपाधि दिएका छन् र गिनिज बुकको आगामी संस्करणमा यो समावेश गरिनेछ । मेडुसा नामको यो अजिंगर एक भुतघरमा राखिएको छ । यसलाई हप्तामा एक पटक झण्डै बिस किलो मासु खुवाउनुपर्छ । यसले खरायो तथा मृग खान मन पराउँछ । कहिलेकाहीँ खाना सम्झेर यसरी आफैलाई पनि टोक्ने गरेको छ ।


0 comments:

Post a Comment